२१ जना बन्दी बढी मजदुरलाई जिउँदै इटा भट्टामा जिउँदै जलाएर सामूहिक हत्या गरेको अभियोमा नख्खु कारागारमा रहेका पूर्वमन्त्री एवं काँग्रेस नेता मा. आफताब आलमको घरमा खानतलासी गर्न गएको प्रहरीमाथि अवरोध भएको छ ।
बम काण्डका आरोपी आलमका भाई महताव आलमलाई पक्राउ गर्न गएराति राजपुरस्थित आलमको घर पुगेका प्रहरीमाथि उनका आफन्त र छिमेकी जाइलागेका थिए । त्यस क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । महताब घरमा आएर लुकेको सूचनाका आधारमा छापा मार्न टोली पठाएको उनले बताए । तर, प्रहरीले महताबलाई भने फेला पार्न सकने ।
आलमद्वयमाथि पहिलो संविधानसभा निर्वाचको पूर्वसन्ध्यामा २०६४ चैत २७ मा राजपुर फरहदवास्थित पूर्वमन्त्री एवं काँग्रेस नेता शेख इद्रिसको घरमा बम विस्फोट भएपछि घाइते भएकाहरुलाई जिउँदै इटा भट्टामा जलाएर मारेको अभियोग छ ।
निर्वाचनमा विपक्षीविरुद्ध प्रयोग गर्न बनाइएको बम प्राविधिक त्रुटिका कारण विस्फोट भएको थियो ।
घटनाको १२ वर्षपछि प्रहरीले आफताब आलमलाई २०७६ असोज २६ मा पक्राउ गरेको थियो । आलम हाल अदालतको आदेशमा पुर्पक्षका लाथि नख्खु कारागारमा थुनामा छन् ।