भारतले नेपाललाई ३० हजारको कोरोना भाइरस (कोभिड १९) नमुना परीक्षण गर्न मिल्ने पीसीआर टेस्ट किट उपलब्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । दूतावासले विज्ञप्ति जारी गर्दै नेपाललाई किट उत्पादन गरेको जनाएको छ ।
उपहारस्वरुप ती किट प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । भारतले यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । भारतले यसअघि गत १० वैशाखमा नेपाललाई २३ टन विभिन्न औषधि हस्तान्तरण गरेको थियो ।