प्रहरीले कोरोना महामारीका बेला उपचारमा खटिएका चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा काठमाण्डुबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिकका उत्तम गिरी छन् । काठमाण्डु प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्वयंसेवक खखिएका कार्कीले शुक्रबार बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गरेका थिए ।
महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेका कार्कीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारबाही अगाडि बढाइएको जानकारी दिए ।