प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकामा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले ट्विटमार्फत कोरोनाबाट कसैको मृत्यु नहोस् भन्ने सरकारको प्रयासका बाबजुद महिलाको मृत्यु भएकामा दुःख व्यक्त गरेका हुन् ।
‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्ञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ,’ ओलीले ट्विटमा लेखेका छन ।
उनले दिवंगत महिलाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
शनिबार उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा संक्रमित महिलाको बाटैमा मृत्यु भएको थियो ।