चिनियाँ सेनाले नेपाली सेनाका लागि आफ्नै जहाजमार्फत स्वास्थ्य सामग्री ल्याइदिएको छ
चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले सहयोग स्वरुप नेपाली सेनाका लागि बुधबार स्वास्थ्य सामग्री ल्याएको हो । छन्दुबाट उडेको एयरफोर्सको जहाजले पीपीई, थर्मल गन, मास्क, पञ्जा, चश्मालगायत स्वास्थ्य सामग्री ल्याएको छ । सैनिक अधिकारीहरु चिनियाँ जनमुक्ति सेनाको सहयोग बुझ्न विमानस्थल पुगेका थिए ।