प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । नेपालको कालापानी लिपुलेक हुँदै मनसरोवर जाने सडक भारतले उद्घाटन गरेपछि देशैभर विरोध भएको बेला प्रधानमन्त्रीले दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बुधबार बेलुकी साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । सीमा विवादका विषयमा सत्तपक्ष र प्रतिपक्ष सबैको एउटै धारणा बनाउन सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।