धनुषामा बुधबार पुनः दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
मिथिला नगरपालिका–२ का दुई जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । संक्रमितमध्ये एक पत्रकार र एक स्टेशनरी व्यवसायी रहेको निरौलाले बताए । यसअघि हिजो मात्र जनकपुर उपमहानगरपालिकाका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । भारतसँग सीमा जोडिएका प्रदेश–२ का अधिकांश जिल्लामा कोरोना संक्रमण देखिएको छ । उक्त प्रदेशका पर्सा, बारा, रौहतट, धनुषा, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित देखिएका छन् ।