लामो रस्साकस्सीपछि आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक स्थगित भएको छ ।
बैठक बिहान ११ बजेपछि धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो ।
नेता भीम रावलका व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि नेकपा बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र कारोना महामारीविरुद्ध सरकारले गरेको कामको समीक्षा तथा आगामी कामबारे छलफल हुने बताइएको थियो ।
अर्को बैठकको मिति भने तय नभएको नेकपा केन्द्रीय कार्यालयका प्रमुख श्रीराम ढकालले जानकारी दिए ।