नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारालाई आग्रह गरेका छन् ।
पूर्वगृहमन्त्रीका हैसियतमा सुरक्षा लिँदै आएका श्रेष्ठले आफूलाई सुरक्षा खतरा नरहेको भन्दै सुरक्षाकर्मी लैजान भनेका हुन् । आफ्नो भन्दा मुलुकको सुरक्षा ठूलो भएकाले सुरक्षाकर्मी लैजान भनिएको उनले स्पष्ट गरे । ‘म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना’, श्रेष्ठले ट्वीटमा भनेका छन् ।
उनले आफूले गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै नलिएको तथा सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काको स्मरण गराउँदै गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको बताए ।
नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारालाई आग्रह
Previous Articleनेपालमा फेरि थपिए कोरोना संक्रमित
Next Article प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक