यूएई । गैर आवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषद अन्तर्गतको कोडिभ-१९ उच्चस्तरीय स्वास्थ्य समितिले मध्यपूर्बमा रहेका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा जानकारी लिएको छ । श्वास्थ्य समितिका अध्यक्ष सन्जीब सापकोटाको अध्यक्षतामा भर्चुअल बैठकको आयोजना गरी मध्यपूर्बका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो ।
कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिब हेमराज शर्मा, प्रबक्ता डिबी क्षेत्री, सचिब राजेन्द्र कुमार शर्मा तथा मध्यपूर्बका एनआरएन संयोजक प्रबीण गुरुङ सहित मध्यपूर्बका बिभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य समितीका तर्फबाट यूएईबाट रबिन्द्र कुमार यादब, साउदी अरबबाट अनिरुद्द पाठक, कतारबाट नितेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।
मध्यपूर्बमा रहेका नेपालीहरुको अवस्थाको बारेमा उक्त छलफल केन्द्रित रहेको थियो । अधिकांश एनसीसी अध्यक्षहरुले अलपत्र परेका नेपालीहरुको तत्काल उद्दार गर्नुपर्ने माग गर्नु भएको थियो ।
कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले साकारात्मक सुचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको थियो । कतारका लागि नेपाली राजदूत नारद भारद्वजले नेपाल सरकारले प्राथमिकताक्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिनुभएको थियो । कोरोनाको समस्या कती सम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष कुमार पन्तले गैर आबासीय नेपाली संघ मध्यपूर्बमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै विश्वमाहामारीबाट बच्न यो बैठक कोशेढुङा साबित हुने आशा ब्यक्त गर्नु भएको थियो ।
उपाध्यक्ष बद्री केसीले नेपाली मजदूरहरुको उद्दारको लागि २० करोड सम्मको सीड मनीको ब्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताब गरिएको जानकारी गराउनु भएको थियो । बैदेशिक रोजगार समितीका सँयोजक समेत रहनु भएका केसीले बिदेशमा अलपत्र परेका ११२ जना नेपालीहरुका शब नेपाल लैजान नेपाल सरकारले कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।
महासचिब हेमराज शर्माले बिभिन्न देशहरुमा रहेका दुताबासले एकद्वार प्रणालीद्वारा नेपालीहरुको उद्दार गर्नु पर्नेमा जोड दिनु भयो । अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने बेला आईसकेकोले अब थप ढिला गर्नु नहुनेमा उहाँको जोड थियो । उद्दार गरिएका नेपालीहरुको ब्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ । संसारभरमा १६ सय स्वयम सेवक मार्फत र ३१ हजार नेपालीहरुलाई खाध्यान्न सहयोग गरिएको महासचिब शर्माले जानकारी गराउनु भयो । बिश्वभरमा झण्डै १०० जना डाक्टरहरु नेपालीहरुको सेवामा खटिएको जानकारी शर्माले दिनुभयो ।
प्रबक्ता डिबी क्षेत्रीले नेपाल सरकारले अब आश्वासन मात्र दिएर नपुग्ने भन्दै कहिले सम्म नेपालीहरुलाई फिर्ता लैजान सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने बताए । केही देशहरुमा गर्भवती महिलाहरु अलपत्र परेका छन, उनिहरुको सुरक्षित मातृत्वमा नेपाल सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो । सरकारले ठोस् योजना नबनाउँदा बिदेशका नेपालीहरुमा निरासा उत्पन्न भएको उहाँको भनाइ रहेको थियो ।
कार्यक्रममा कुवेतबाट मध्यपूर्ब महिला सँयोजक सुमित्रा राना, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साउदी अरबबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य यस्मीन बेगमले जनचेतना जगाउनु पर्नेमा बिशेष जोड दिनुभएको थियो । मध्यपूर्ब उपसँयोजक राजेन्द्र अर्यालले दुताबास र बिभिन्न संघसंस्थाहरु एकताबद्द भएर यो प्रकोप सँग जुध्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । मिडिया समितिका सह सँयोजक तथा मानार्थ सदस्य मेघराज सापकोटाले स्वास्थ्य र सुरक्षाको बिषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । बक्ताहरुले मनोबज्ञानिक असरले गर्दा र्हिदयघात र आत्महत्याका घट्नाहरु बढेकोमा चिन्ता ब्यक्त गरेका थिए ।
मध्यपूर्बमा रहेका नेपालीहरु मनोबैज्ञानीक रुपमा त्रसित रहेकोले उनिहरुको मनोबल उच्च बनाउन काउन्सिलिङ कार्यक्रमको आवश्यकता रहेको बक्ताहरुले बताए । बैठकले ‘हेल्थ टीम’ गठन गरी परिचालन गर्नुपर्ने, हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि ‘हेल्थ फण्ड’ को ब्यवस्था गर्नु पर्नेमा जोड दिएको छ ।
कार्यक्रममा डाक्टर पुरु श्रेष्ठले नेपालीहरुको फिर्ती कसरी गर्ने भन्ने बारेको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । अधिकांश बक्ताहरुले मध्यपूर्बमा रहेका एनसीसी र दुताबासले संयुक्त रुपमा काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य समितिका सँयोजक सापकोटाले छिट्टै नै मध्यपूर्ब स्वास्थ्य समिति गठन गरिने जानकारी गराउनु भएको छ । समितिले मध्यपूर्बमा रहेका नेपालीहरुमा जनचेतना फैल्याउन्दै बिभिन्न कार्य गर्ने बताईएको छ । भर्चुअल बैठक स्वास्थ्य समितीका सँयोजक सन्जीब सापकोटाले संचालन गर्नु भएको थियो ।