आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।
पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।
पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशका पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
देशका पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।