कास्कीको पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा सन्तान जन्माएकी छन् ।
सपनाले बिहीबार मणिपाल शिक्षण अस्पतालमा तिम्ल्यामा शिशु जन्माएकी हुन् । शल्यक्रिया गरेर २ छोरा र १ छोरी निकालिएको अस्पतालले जनाएको छ ।
आमा र बच्चाहरु सबैको अवस्था सामान्य छ । छोराहरु दुवैको तौल १ किलो २ सय ग्राम र छोरीको तौल १ केजी ३ सय ग्राम छ ।
तौल कम भएकाले शिशुहरुलाई करिब दुई साता अस्पतालमै आनआईसियूमा राख्नुपर्ने चिकित्सकले कताएका छन् ।