म्याग्दी / गण्डकी प्रदेश सभा सदस्य श्री कृष्ण थापाको प्रेस विज्ञप्ति ठाडै अस्विकार गर्दै घोर निन्दा एवं भत्सर्ना गरेको छ । पोखरा महानगर पालिका (१६,बाटुलेचौर २०७६ चैत्र २६ गते मोहन सुनारका आफ्ना भाइ स्व।सम्मर बहादुरको मृत्यु भए पश्च्यात काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानिय देव बहादुर थापा,जनक थापा लगायतकाले मोहन सुनार माथी दलित भएकै कारण जातीय अपमान, गाली गलौज र धाकधम्की दिई चरम जाती विभेद गरेका थिए।
८ पिडित मोहन सुनारले आफु माथी जातीय भेदभाव तथा छुवाछूत भएकाले नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर ९ सजाय(ऐन० २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए।
८ स्थानीय समाजसेवी,दलित अगुवाहरुको ठूलो दवावमा ५ दिन पश्च्यात पिडक जनक थापा,देव बहादुर थापा र राम विसी पक्राउ परेका छन।
८ उल्लेखित घटनाको कानुनी दायरामा ल्याउन सहयोग गर्नको सट्टा उल्टै जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीहरूलाई सासद कृष्ण बहादुर थापा देशमा गणतन्त्र स्थापना पछि नया संविधानमा धर्मनिर्पेक्षता र जातीय बिभेद मुक्त राष्ट्र घोषणा गरेता पनि पोखरामा ब्राह्मणबादी अतिबादीहरुबाट बिभेद्को घटना भएको छ सो गैर संबैधानिक गैर न्यायीक घटनाको मिशन अम्बेडकर नेपाल घोर भत्सर्ना गर्दछ त्यस घटनाका दोषी उपर कडा कार्वाहीको माग गर्दछ सो घटनालाई तोड्मतोड गर्न बक्तब्य बाजि गरि उसृङ्खल बताउने ने क पा का प्रदेश सांसद कृष्ण बहादुर थापा माथी समेत छानबिन गर्न सरकार समक्ष जोडदार माग गर्दछौ। अन्यथा यसबाट उत्पान्न प्रतिक्रियाको जिम्मेवार सरकार र संविधान कार्यान्वयन पक्ष नै हुने छ।