ओमान । नेपाली दूतावास ओमानले निःशुल्क कोरोना भाइरसको परीक्षण सम्बन्धी सूचना नेपाली दूतावास ओमानले दूतावासको फेसबुक पेज बाट जारी गरेको छ ।
विश्वव्यापी कोरोनाको प्रभाव ओमानमा पनि परेकोले ओमान सरकारले ओमानको विभिन्न स्थानहरुमा निःशुल्क रुपमा कोरोना परीक्षण गरिरहेको हुनाले आफूलाई कोरोना संक्रमण भएको संका लागेकाले परीक्षण गराउन सकिने दूतावासले जनाएको छ ।
मंगलबार ५ मे का दिन मस्कटको बर्कामा कोरोना भाइरसको लक्षण देखिएकाहरुका लागि आइडी कार्ड बिना पनि निःशुल्क जाँच गरिने भएकाले शंका लागेका व्यक्तिले परीक्षण गराउन सकिने सुचनामा उल्लेख छ ।
परीक्षण हुने स्थान बर्का जद्जाल (Zadjal Mosque) मस्जिद रहेको छ भने समय बिहान ८ बजेदेखि राति १० बजेसम्म रहेको पनि दूतावासले जानकारी दिएको छ ।
ओमानमा हालसम्म २ हजार ६३७ जनामा संक्रमण पृष्टि भएको छ । जसमा ८१६ जनाले स्वास्थ्य लाभ गरिसकेको र १२ जनाले ज्यान गुमाएका छन् भने १७ जना अत्यन्तै नाजुक अवस्थामा उपचार हुँदैछ ।
दूतावासले ओमानमा रहेका नेपालीको जानकारी संकलन गर्ने उद्धेश्यले अनलाइन सूचना संकलनमा उल्लेख्य सहभागीता भएको जनाएको छ ।
अहिलेसम्म फारम नभरेका ओमानमा कार्यरत नेपालीहरुमा फारम भर्न पनि अनुरोध गरिएको छ ।
फारम भर्नको लागी यहीँ क्लिक गर्नु होला ।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।