राहत वितरणको विषयमा विवाद हुँदा सिरहामा गोली चलेको छ ।
सिरहाको मिर्चैया नगरपालिका–७ मा सोमबार प्रहरी र स्थानीयबीच राहतको विषयमा भएको विवादले झडपको रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
घटनामा पाँच प्रहरी र चार सर्वसाधारण घाइते भएका छन् । राहत वितरण भइरहेका बेला केही व्यक्तिले होहल्लासहित प्रहरीमाथि ढुंगा र इट्टा प्रहार गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको सिरहा प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
स्थानीयले भने हुने खानेहरुले नै राहत लिएको र विपन्नले नपाएकाले विरोध गरिएको बताएका छन् ।