युद्धमा होमिनु थिएन मलाई बलले जित्नुपर्ने
घृणाको कात्रो ओढाएर छलले जित्नुपर्ने
निर्णय कुन सुनाउ तिमी र म बिचको
पिडादायी या खुसिको पलले जित्नु पर्ने
आलोचना खेप्नु थिएन, नत बयान सुन्नु मलाई
तिमीलाई वाह सुन्नु थियो चहलपहलले जित्नुपर्ने
राज्यको निती खोजे मैले राजनिती चाहेको हैन
तर तिमीले अठोट गर्यौ दलबलले जित्नुपर्ने
हारे धेरै चोटी म, प्रेमिल नाटकको मञ्चनमा
जिवन्त थिएन पक्कै अनि सबलले जित्नुपर्ने