पुर्ण विक (पहाडी )
ओमान / नेपाली कुटनैतिक नियोग नेपाली राजदुतावास ओमानको आव्हानमा शुक्रबार १७ तारिक को दिन ओमान स्थित महामहिम राजदुत श्रीमती शर्मिला पराजुली ढकाल, श्रम तथा सहचारी प्रमुख श्रीमती कृष्ण गौली, द्धितिय सचिब शोमेस थापाको संचालन तथा ओमानमा क्रियाशिल सम्पुर्ण संघ- संस्थाको प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनलाइन भिडियो बैठक सम्प्नन भएको छ ।
बैठकले बिश्वब्यापी रुपमा महामारिको रुप लिइरहेको नोबेल कोरोना भाइरस कोभिड- १९ ले प्रबास ओमानमा रहेका प्रबासी नेपाली हरुमा हुन सक्ने सम्भाबित जोखिम र समाधानका सम्बन्धमा छलफल चलेको थियो । ओमान स्थित केही कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई खाद्यान्न अभाव भएको जानकारी पाए पछि दूतावासले खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । भोलिका दिनमा यस्ता समस्याहरु धेरै आउन सक्ने चिन्ता व्यक्त गर्दै आएका समस्यालाई दूतावासले भरपुर समाधान गर्ने गरि योजना बनाउदै आएको बताउनु भयो । ओमान स्थित क्रियाशिल संघ- संस्थाहरुले विभिन्न बिषयहरुमा जिज्ञासा एबम प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको स्थितिका सम्बन्धमा जानकारी गराएको छ।
राजदूतावास ओमानले सम्भाबित जोखिम बाट बच्न विभिन्न उपाय र सम्भाबित जोखिमका न्युनिकरणका सम्बन्धमा जानकारी तथा प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बिबिध खाले समस्या समाधान र सेवाका निम्ति नेपाली राजदूतावास ओमान २४ सै घण्टा तयारी अवस्थामा रहेको छौ ।
यो अवस्थामा नेपालीहरु नेपाल जान पाउने कि नपाउने भन्ने विषयको छलफलमा अहिले लकडाउन भएको हुँदा सबै जहाजको उडान बन्द छ लकडाउन खुले पछि समस्यमा परेका नेपालीहरुलाई नेपाल पठाउने तयारी गरेका छौं । उडान शुरु नहुने बेला सम्म समस्यमा परेका नेपालीहरुलाई कसरी सहयोग गर्ने सकिन्छ दूतावासले सहयोग गर्ने छ ।
अहिलेसम्मको परिस्थितिमा ओमानमा रहेका संघ सस्थाहरुले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने अवस्था छ । सम्पर्क रहेका नेपालीहरुलाई कुनै किसिमको कोरोना भाइरस सम्बन्धि लक्ष्यण देखा परेमा दूतावासमा जानकारी दिन र यद्यपी काेराेनाकाे महामारीबाट बच्न सबैलाई सामाजिक दुरी कायम गर्नेदेखि स्वास्थ्य सम्बन्धी पूर्वसतर्कता अपनाउन अनुरोध गर्नु भयो ।
हालसम्म कुनैपनि नेपालीलाई यसको रोगको संक्रमण नभएको नेपाली राजदूतावास राजदूत सर्मिला पराजुली ढकालले बैठकमा जानकारी गराउनु भयो ।
यस्तै दूतवासले समस्यामा परे टेलिफोनः २४६९६१७७
/ २४६९६८८३ हटलाइनहरू साथै ७१५९२४९०/७१५३०८४० श्रम सहचारीको नं. ७१५९३५०६ मा सम्पर्क गर्न अनुरोध गरेकाे छ।