बागलुङ, २४ कात्तिक – एनआइसी एशिया बैंकले आफ्नो ७३ औं शाखा बागलुङ बजारमा स्थापना गरेको छ । मंगलवार आयोजित एक कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गरे ।
शाखा संजाल, पूजि संरचना, वासलातको आकार, ग्राहक संख्या लगायतको आधारमा बैंकले नयाँ शाखा खोलेको बैंकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्माले बताए । मंगलवारै बैंकले कास्कीको विरौटा र लेखनाथ, नवलपरासीको दलदले र कावासोती, कैलालीको अत्तरिया र नुवाकोटको बट्टारमा पनि शाखा स्थापना गरेको हो ।
बैंकले एटिएम सेवा, २६ प्रतिशत बोनस वितरण गरेको शाखा प्रवन्धक सन्तोषराज शर्माले जानकारी दिए । गत त्रैमासिकमा बैंकले अघिल्लो बर्षको तुलनामा ३९ प्रतिशत र निक्षेपमा ३४ प्रतिशत खुद नाफा गरेको बताइएको छ ।
Previous Articleकेसी सगरमाथा अभियान जारी
Next Article १ शिक्षक १ झोला र १ विद्यालय १ पुस्तकालय