२३ चैत– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा बढिरहेका बेला भारतमा लकडाउन खुलाउने कि अझै बढाउने भन्नेबारे बहस सुरु भएको छ ।
भारतमा गत २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षता बसेको केन्द्रीय मन्त्रीहरुको बैठकमा लकडाउन हटाउनेबारे छलफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यही मन्त्रीहरुको समूहको सिफारिसमा यसअघि लकडाउन घोषणा गरिएको थियो ।
बैठकमा अधिकांश केन्द्रीय मन्त्रीले लकडाउन अवधि लम्ब्याउन नहुने मत जाहेर गरेका थिए । यद्यपि लकडाउन हटाउने वा लम्ब्याउनेबारे बैठकले ठोस निर्णय भने लिएन ।
भारतमा कोरोनाबाट हालसम्म ९९ जनाको मृत्यु भइसकेको छ । ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।