नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मुस्ताङका अध्यक्ष चन्द्रमहोन गौचनले एक अपिल मार्फत जनतालाई कोरोनाबाट बच्न र राज्यले चालेको कदमलाई सहयोग गर्न आग्रह गरेका छन् । गौचनले प्रकाशन गरेको अपिलमा नेपाल सरकारले कोरोना विरुद्ध बच्नकालागि शुरु गरेको लकडाउनलाई प्रभावकारी बनाइ आफू आफ्ना आफन्त र सिङ्गो विश्वलाई बचाउनका लागि लकडाउनको प्रभावकारी पालना गर्दै सबै जना घर भित्र बस्न अनुरोध गरेका छन् ।
अपिलमा भनिएको छ विश्वका दुई सय ६ देशमा कोरोना संक्रमण भै सकेको र युरोप तथा अमेरिका जस्ता विकशित मुलुकहरुमा नराम्रो संग कोरोनाले गिजोलेको हुनाले आफू र आफ्नो परिवार लगायत सिंगो मानव समुदायलाई जोगाउनु छ भने हामीले सामामजिक दुरी कायम गर्नु पर्ने यथार्थ अहिलेको अवस्थाले देखाएको छ । गण्डकी प्रदेशमा पनि २ जनालाइ कोरोना भाइरस (COVID-19) संक्रमण भै आइसोलेसनमा उपचारगराई रहेको अवस्था छ । सबै नागरिकले सरकारले गरेको आह्वानलाई पूर्ण पालना गरिदिनु भएको खण्डमा मात्रै सरकारको कदमले पूर्णता पाउने हो । त्यसैले राज्यले थालेको कदमलाई सफल बनाउनका लागि हामी सबैले आ–आफ्नो स्थानबाट यस युद्धमा सहभागी भई कोरोना विरुद्धको युद्ध जित्नै पर्ने प्रदेश सांसद एवम् पार्टी अध्यक्ष गौचनको भनाई छ ।
गौचनद्वारा जारी अपिलमा चीनको उहान शहरबाट शुरु भएर आइतबार दिउँसो सम्मको अवस्था हेर्दा बिश्वका १२ लाख भन्दा धेरैमा संक्रमण देखिएको छ भने ६५ हजार बढीको मृत्यु भएको उल्लेख छ । गौचनले शरिरमा रोगप्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरुलाई यस रोगकोउच्च जोखीम देखिने उल्लेख गरेका छन् । उनले जो कोही पनि यस रोगबाट बच्नका लागि आफ्नो अनुहार छोप्ने(मास्कको प्रयोग गर्ने) र हात जति सक्यो धेरै समय साबुनपानीले धुनू नै रहेको उल्लेख गरेका छन् ।
उनले जनतालाई हाल सम्म कोरोनाको भ्याक्सीन नबनेको हुनाले रोग लागेको खण्डमा निकै खतरा हुन सक्ने र पुरै समाज नै जोखिममा पर्न सक्ने भएकोले कोरोना बाट बच्नका लागि सामाजिक दुरी कायम गर्न तर्फ सम्पूर्ण जनताहरुमा हार्दिक अपिल गरेका छन् ।
सांसद गौचनले सरकारले गरेको अपिल र लकडाउनलाई पूर्णरुपमा पालना गरी राज्यको अग्रसरता र हाम्रो जिम्मेवारीलाई सबैले सफल पार्नका लागि हामी सबै आ–आफ्नो घर भित्र बसी कोरोना भाइरस विरुद्धको लडाइमा बिजय प्राप्त गरिने उल्लेख गरेका छन् । उनले मुस्ताङ जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकायहरु, जिल्ला जन स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले अपनाएको सावधानी र उच्च सतर्कताको उच्च प्रशंसा व्यक्त गरेका छन् । साथै कोरोना सम्बन्धी संका लागेमा वा अन्य कुनै जानकारी लिन परेमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको पैसा नलाग्ने फोन नम्बर १०९२ मा फोन गरी जानकारी लिन समेत जनतालाई आग्रह गरेका छन् ।
Previous Articleविश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो
Next Article भारतमा लकडाउन हटाउनेबारे छलफल