मैले त थोरै मात्र स्पर्श लिन्छु
एकै छिन मात्र रहु भनेथे
म चिसियको देखेर
उ लोभ्याइ रह्यो
म लोभिइरहे
उसको न्यानो स्पर्शले
तर उसको स्पर्श
सोचे भन्दा धेरै स्वार्थी रहेछ
केही दिन त म उ बिना
रहनै नसक्ने आशक्त भएको थिए
उसको न्यानो हुन्जेल
उ संगै लिप्त भएर
जस्तै चैते हावाले नि
उसलाई छुयर हिम्मत लिदै
मैले मान्दै नमानी
मैले हुन्न भन्दाभन्दै
जताततै डाम बसाईदियो
अरुको अगाडि अनुहार देखाउन नहुने गरी
भर्खर महशुस भयो
उसले म माथि के के गरेछ
भर्खर भित्ताको ऐनाले भन्यो
मलाई उसले गर्नु नगर्नु गरेछ भनेर
निर्णय गरे मैले ,आफुलाइ गर्न भनेर
आफै भेट्न जादा मात्र
के के न उखर्माउलो गर्दोरहेछ
उ त मनमोज गर्दोरहेछ
त्यसै त्यसै मात्तिन पर्दोरहेछ
सधैं बार्दलिमा भेट्न् जान्थे
उसले गर्नु नगर्नु गरिदियो
घरीघरी मै होइन जस्तो
आफुलाइ चिन्न गार्हो बनायो
मैले उसलाई भेट्न जाने
मैले उसलाई छुन जाने
दैलो आज बन्द गरीदिय
चुकुल आग्लो दुबै बन्द गरिदिय
अनि त झ्यालबाट चियाउदै आयो
हो ! आज घाम यहीँ आयो
सुस्तरी मेरो कपाल सुम्सुम्याउदै..
अनि घाम भन्दै थियो
मेरो कान मा ,साउती गर्दै
अब भेट्न आउने होइन र?
अह! म भेट्ने छुइन नि अब
अह! म सहने छुइन नि अब
तिम्रो जबर्जस्ती लाई
तिम्रो मनोमानी लाई
बरु ,ओसले ओसिन परोस
बरु,चिसोले कठ्याङ्रीन परोस्
सबै सहन्छु
सबै भोग्छु
भो ! घाम तिम्रो स्पर्श अब ।