हिमालापारीको जिल्ला मुस्ताङमा बिश्वभर महामारीको रुप लिइरहेकव कोरोना नियन्त्रणका लागि घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकाली एवम् उपाध्यक्ष शर्मीला गुरुङ लगायतकाे टोलीले घरदैलो तथा जनचेतनाका कार्यक्रमहरु गरी रहेका छन् ।
बिहीबारबाट घरदैलो र जनचेतनामुलक कार्यक्रममा व्यस्त रहेका जनप्रतिनिधिहरु शनिबार पनि आफूलाइ त्यस्तै व्यस्त राेखका छन् । घरपझोङ गाउँपालिका वडा नं २ को कार्यालयमा आज शनिबार सरोकारवालाको बैठक बसेर नियन्त्रण प्रयासका लागि योजना बनाइएको नेकपा मुस्ताङका कार्यालय सचिव जीवन गोतामेले बताए ।
शुक्रबार नेपाल बैंक लिमिटेड जोमसोम शाखामा घरपझोङ गाउँ पालिका ७.२ बिबिध खाता समेत सञ्चालन भएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष जोमसोम अस्पतालका डाक्टर स्वास्थ्य संयोजक लगायतको टोलीले कोरोना संक्रमण हुन नदिन के गर्ने र लागि हालेमा कसरी अरुलाइ जोगाउने भन्ने विषयमा जनचेतना मुलक कार्यक्रम समेत गर्ने योजना बनाइएकाे बताइएको छ ।
वडा अध्यक्ष एवम गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतको टोलीले पाँच वटै वडामा घरदैलो एवम् जनचेतना फैलाउन सक्रिय रहेको अध्यक्षा आशबहादुर थकालीले बताए ।