ओमान / प्रवासी नेपाली एकता मञ्च ओमान केन्द्रिय समितिले कोरोना रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई एक दिन बराबरको पारिश्रमिक प्रदान गर्ने भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई प्रवासमा भए पनि आफ्नो एक दिन बराबरको पारिश्रमिक प्रदान गर्ने साथै सल्लाहकार, साधारण सदस्य,मञ्चका शुभचिन्तक समर्थकहरु लगायत आम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई लाई पनि आफुले सकेको सहयोग गर्न मञ्चका अध्यक्ष उमेश विश्वकर्माले अनुरोध गर्नु भएको छ ।
अहिलेसम्म ओमानमा कुनै पनि नेपालीलाई कोरोना भाइरसको संक्रमन भएको छैन । त्रपनी आगामी दिन निकै चुनौतीपूर्ण रहेको र सबैले ओमानको नियम कानुनलाई पालना गर्दै सुरक्षित रहि अगाडि बढनु पर्ने अवस्था भएको हुँदा ओमनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुमा संयमता,अपनाउन सबैमा अनुरोध गर्दै कुनै पनि समस्या देखिए अथवा अप्ठ्यारो परेमा नेपाली दूतावास ओमान सम्पर्क नम्बर
७१५३०८४० मा सम्पर्क गर्नु होला । साथै निम्न (ब्यक्ति)नम्मरहरु तपाईहरुको सहयोगको लागि सधै सक्रिय रहनेछन।
१) उमेस बि.क, (+96895603746)
२) महेश न्यौपाने,(+96896598515)
३) सोमकृष्ण श्रेष्ठ,(+96895643050)
४)लिलानाथ कोइराला,(+96896568014)
५)पुर्ण बि.क पहाडी,(+96894197812)
६)सन्तोस कटुवाल,(+96893806891)
७) पदम प्रसाद अर्याल (+96895716548)