उ आकास हो
कहाँ छोपिन्छ र
उ धैर्यताको विम्व हो
कहाँ पोखिन्छ र
उ अग्लो पहाड हो
कहाँ भासिन्छ र
हो , साच्चै उ सागर हो
तसर्थ उ ,
केही बेर धमिलो हुन सक्छ
उ सत्य हो
कतै अमिलो हुन सक्छ
उ इतिहास हो
उ बिश्वास हो
केहिले धारे हात लगाउँदैमा
इतिहास कहाँ बदलिन्छ र
उ केही बेर सुस्ताउन सक्छ
उ सुस्ताएको बेला
मान्छेहरु
अस्ताउन लाग्यो पनि भन्छन्
होइन ,
उ फेरी उदाउने छ
उसंग अदम्य साहष छ
समाज बदल्ने संकल्प छ
त्यसैले ,
सुनौलो बिहानी
उसकै प्रतिक्ष्यामा छ
उ एउटा युग हो
युगको आवश्यकता हो
हो , सांच्चै उ
निलो आकास हो
आकास सबैको हो
आकास मेरो पनि हो
र तिम्रो पनि हो ।
उ निलो आकास हो ।।।