स्पेनिश क्लब रियल मड्रिड खेलाडी बेच्ने र अनुबन्धित गर्ने तयारी गरिरहेकाे छ । खेलाडीमा फेरबदल गरी उत्कृष्ट टिम बनाउन लागिपरेको प्रशीक्षक जिनेदिन जिदानले बताउँदै आएका छन् । रियलका ३ विश्वासिला खेलाडीले क्लब छाड्न लागिएको बताइएको छ ।
रियल मड्रिड छाड्न सक्ने ३ खेलाडीहरु
१. हामेज रोड्रिगेज
२०१४ को विश्वकपपछि रियलमा आएका रोड्रिगेजको प्रदर्शनमा फेरबदल आइरहेको छ । लामो समय चाेटका कारण मैदानबाहिर रहेका रोड्रिगेजले यस सिजनमा १३ खेल मात्रै खेलेका छन् ।
कोलाम्बियाका रोड्रिगेज एभर्टन वा आर्सनल क्लबमध्ये एकमा जान सक्ने अनुमान लगाइएको छ । निरन्तरको खस्किँदो प्रदर्शनका कारण रियलले रोड्रिगेजलाई बेच्न लागेको बताइएको छ ।
२. ग्यारेथ बेल
ग्यारेथ बेल रियलले बेच्न चाहेको दोस्रो खेलाडी हुन् । वेल्सका खेलाडी बेल लामो समयदेखि विवादमा पर्दै आएका छन् । रियलका पूर्व स्टार रोनाल्डोको साथमा उत्कृष्ट प्रदर्शन गर्न सफल बेल रोनाल्डो गएदेखि भने राम्रो खेल्न सकेका छ्रैनन् ।
बेलले केही समयअघि चाइनिज क्लब जाने बताए पनि उनी म्यानचेस्टर युनाइटेड वा टोटेनह्याममध्ये एकमा जानसक्ने बताइएको छ ।
३. लुका जोभिक
सर्बियाका खेलाडी लुका जोभिकले पनि रियलका लागि खासै उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । जोभिकलाई करिम बेन्जिमाका ठाउँमा खेलाइए पनि उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
उनले अहिलेसम्म १४ खेलमा १ गोल मात्र गरेका छन् भने यस समय प्रिमियर लिग क्लबमा अनुबन्धित हुनेबारे योजना बनाइरहेको बताइएको छ ।