ओमान
इरुप्से ड्ट्कम / नेपाल मगर संघ ओमान ले ३८ औं मगर दिवस भव्यताका साथ मनाउने सम्पुर्ण तयारी पूरा गरेको छ । मगर दिवस को उपलक्ष्यमा फेब्रुअरी २८ अर्थात फाल्गुन १६ गते शुक्रवार को दिन वृहत साँस्कृतिक कार्यक्रम गरि मनाउन तयारी पूरा गरेको नेपाल मगर संघ ओमान का अध्यक्ष यामु थापा मगरले बताउनु भएको छ ।
ओमानको अलमास हल रुवी मा हुनलागेको पाँचौ वृहत साँस्कृतिक कार्यक्रम २०२० मा नेपाल बाट चर्चित गायिका टीका पुन मगर र चर्चित गायक प्रेम विवश घर्ती मगर आउने नेपाल मगर संघ ओमानका महासचिव सुशिल पुन मगर ले जानकारी दिनुभएको छ । साथै कार्यक्रमा स्थानिय कलाकार को पनी बेजोड प्रस्तुती रहने र कार्यक्रम्को तयारी तिव्र पारिएको पुन मगर ले बताउनुभएको छ ।
नेपाल मगर संघ ओमान ले यस अघि पनी मगर दिवस को उपलक्ष्यमा वृहत साँस्कृतिक कार्यक्रम् गर्दै आएको छ ।
मिति: फेब्रुअरी २८ गते शुक्रबार
स्थान : अल मासा हल रुवि
समय : बिहान ११ बजे