‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दीमा आजदेखि भ्रमण वर्षलक्षित माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० एवं आठौं माघेसङ्क्रान्ति मेला–२०७६ आयोजना गरिएको हो ।
मेलामा हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा उत्पादन भएका स्थानीय कृषि उपजहरुको बिक्री वितरणका साथै प्रदर्शनी गरिएको छ । दुई दिनसम्म चल्ने मेलामा नेपाली हाते कागजका उत्पादनहरु विभिन्न साइजका डायरीहरु, फोटोकपी पेपर, रजिष्टरलगायत सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । यसैगरी महिला उद्यमीहरुले तयार गरेको ढाकाको सल, रुमाल, नेपाली ढाका टोपी, झोला, पर्स, ल्यापटप व्याग पनि प्रदर्शनीमा राखिएको महिला उद्यमीले बताएका छन् । त्यस्तै बेनी नगरपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा कृषि प्रदर्शनी मेला अन्तर्गत कृषि उपजहरु स्टलमा राखिएको छ ।
स्थानीय कृषकले उत्पादन गरेको फर्सी, च्याउ, तरुल, मुला, काउली, कटहर, मकैलगायत रहेका छन् । यसैबीच मेलाको मुख्य आकर्षणमा बेनी नगरपालिका–४, राक्सेका नवप्रतिभा नौमती बाजा समूह मुख्य आकर्षणमा रहेको छ । परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजित मेलामा महिला उद्यमीलाई प्रोत्साहन र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । मेलाको उद्घाटन गर्नुपूर्व सदरमुकाम बेनीबजारमा विभिन्न जातजातिहरुको झाँकीसहितको ¥याली देखाइएको थियो ।
दुई दिनसम्म चल्ने मेलामा खुल्ला लोकनृत्य तथा लोकगीत प्रतियोगिता, अन्धनिसान, महिला÷पुरुष छेलो फ्याँक्ने एवं लठो तान्नेलगायत प्रतियोगिताहरु रहेका छन् । मेलाको अवसरमा महिला उद्यमीहरु बिमला गौचन, सरस्वती सुवेदी, जसमाया पूर्जा पुन र भारोत्तोलनमा कास्यपदक विजेता म्याग्दीको हिस्तान निवासी तारादेवी पुनलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिएको छ ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारमार्फत कृषि, पर्यटन, जलविद्युत र उद्योगलाई प्राथमिकता दिइएको बताए । उनले गण्डकी प्रदेशमा ३ सयवटा गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्नेगरी आवश्यक कार्यक्रम सञ्चालन गरिएको बताउँदै त्यसबाट पर्यटन प्रवद्र्धन हुने बताएका छन् । उनले अबको ३ वर्ष भित्रमा विकासले फड्को मार्ने भन्दै प्रदेश सरकारले सडक विस्तार र स्तरोन्नति, खानेपानी, विद्युत विस्तारलगायत विकास निर्माणलाई समेत तीव्रता दिएको बताए ।
कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोईराला, बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली, मगर संघका अध्यक्ष डगमाया पाईजा र पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम मूल संयोजक सुनिता केसीको अध्यक्षता, प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी र महासचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleम्याग्दी क्याम्पसले पायो ‘क्युएए’को प्रमाणपत्र
Next Article फुटबलमा म्याग्दी बिजयी