माछापुच्छ्रे त्रिशक्ती युनाईटेड कप-२०७६,गण्डकी प्रदेश स्तरिय फुटवल प्रतियोगितामा हेम्जा युनाईटेड, कास्कीलाई पराजित गर्दै दोस्रो म्याग्दी राउण्डमा प्रवेश गरेको छ । कास्कीमा जारी त्रिशक्ती युनाईटेड कप फुटबल प्रतियोगिता – २०७६मा म्याग्दीले बिजयी शुरुआत गरेको हो । धौलागिरि लिग बिजेता म्याग्दीले निर्धारीत समयमा समान गोल भएपछि पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजीत गर्दै दोश्रो चरण प्रवेश गरेको हो ।
निर्धारीत समय १-१ गोलको बराबरीमा सकीए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । म्याग्दीका लागि मनिस श्रेष्ठले गोल गरेका थिए ।