म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बिहीबारदेखि बिरामीको सुविधाका लागि इलेक्ट्रिक टोकन सिस्टम सुरु भएको छ । लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन टोकन सिस्टम सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा उपचार गर्न आउने बिरामीहरुलाई लक्षित गरेर इलेक्ट्रिक टोकन सिस्टम सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिएका छन् । लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गर्दै उपचारका लागि समेत टोकन सिस्टमले सहज भएको ६० वर्षीय वृद्ध यामबहादुर पुनले बताए ।
टोकन सिस्टमले लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने, लाइनमा पालो मिचेर अगाडि जाने, इमजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए । अस्पतालले निकट भविष्यमै मृगौला रोगीलाई डायलासीस सेवा सुरुको तयारी समेत गरेको छ ।
Previous Articleअध्ययन गर्नका लागि उमेरले छेकेन
Next Article चिसोमा काँप्दै चौकी कुर्छन् प्रहरीः डिएसपी कार्की