उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित मन्दिर निर्माण गर्नका लागि महायज्ञ आयोजना सुरु भएको छ । पञ्चदशनाम सन्यास आश्रम दत्तात्रय मन्दिर निर्माणको सहयोगदार्थ आयोजित महायज्ञको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले धार्मिक कार्यमार्फत गरिने सामाजिक तथा मानवीय गतिविधिको प्रभाव लामो समयसम्म रहने बताएका छन् ।
सोही अवसरमा अध्यक्ष पुनले श्रीमद्भागवत् महापुराण तथा लक्ष्यहवन र लघुरुद्धाभिषेक विश्वशान्ति ज्ञानमहायज्ञलाई नगद ५५ हजार रुपैयाँ सहयोग गरेका थिए । महायज्ञमा वडा अध्यक्ष तथा प्रवक्ता कृष्णप्रसाद बरुवाल, विभिन्न राजनीति दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।
महायज्ञको पहिलो दिनमै तीनलाख सङ्कलन भएको थियो भने काठमाण्डौ ११ त्रिपुरेश्वर निवासी राजेन्द्रकुमार श्रेष्ठले पाँचलाख पाँचहजार पाँचसय रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् । महायज्ञको अवसरमा पोखरेबगरमा कलशयात्रा गरिएको थियो । महायज्ञ एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
Previous Articleरुप्से दैनिक ! १७ कार्तिक २०७६
Next Article खेलकुदको विकासमा लगानी र पूर्वाधार