इरुप्से ड्टकम / लिलानाथ कोईराला
ओमन / नेपालीहरुकाे सबैभन्दा जेठो साझा सस्था नेपाली समाज ओमानले अक्टुबर २५ /२०१९ का मस्कटकाे अलमाहा हाेटेल गाेब्रामा आयोजना गरेको तिहार विशेष कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रमकाे अध्यक्षता नेपाली समाजका अध्यक्ष दिल ब. राेकाकाे रहेको थियो । प्रमुख अतिथि नेपाली दुताबास ओमानकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल हुनुहुन्थ्यो ,बिशेश अतिथि नेपाली समाजका भुपु अध्यक्ष गाेबिन्द गुरुङ, अतिथिहरुमा प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठ, एन आर एन महासचिव रबिन सिल्पकार,अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,नेपाली महिला समूह अाेमनकि उपाध्यक्ष गाेमा पान्डेमहत , बिबेकशिलका राजेन्द्र खनाल ,नेपाली जनसम्पर्क समितिका महामन्त्री नवीन पंगेनि ,तामाङ समाजका उपाध्यक्ष पाशाङ तामाङ ,तमु समाजका अध्यक्ष पुर्ण तमु ,मगर समाजका उपाध्यक्ष रुपा पुन,दलित एकता संजालका काेषाध्यक्ष मान ब. बिक,अन्तर्राष्ट्रिय साहित्य समाजका राजु तामाङ ,गुल्मी सेवा समाजका संरक्षक घनश्याम भन्डारि,बागलुङ समाजका अध्यक्ष खेम खडकाथाेकि, म्याग्दी प्रवासी नेपाली संघ मोना ओमनका अध्यक्ष पुर्ण विश्वकर्मा पहाडी,पाल्पालि समाजका दिल मगर लगायतका ओमानमा कृयाशिल सबै संघसंगठनका प्रतिनिधीहरुकाे उपस्थिति रहेको कार्यक्रमकाे सन्चालन नेपाली समाजकि काेषाध्यक्ष पार्बती श्रेष्ठ ,सचिव भिम प्रसाद काेईराला र महिला बिभाग सदस्य धनकुमारि थारूले गरेका थिए ।
तिहार लगायत सबै नेपालका चाडपर्वकाे शुभकामना दिनुहुँदै कार्यक्रमकि प्रमुख अतिथि महामहिम राजदुतले नेपाली समाज ओमानले दुताबासलाई कार्यक्रममा निम्तो गरेकोमा हार्दिक धन्यवाद दिनुका साथै सबैलाई उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभयो ।
स्वागत मन्तब्य नेपाली समाजका संरक्षक तथा भुपु अध्यक्ष लिलानाथ काेईरलाकाे रहेको गरेका थिए । मिडिया पाटनरमा प्रवास खबर ,घटना बिचार रहेका थियो । स्पोन्सर अलमाेदिस कम्पनिबाट ताेलाकान्त भट्टराई ,अन्जान कार्कीले काेकाेकाेला चिसो पेयपदार्थ,
नेपाली समाजका भुपु काेषाध्यक्ष चित्र ब. थापामगर , सहयोगि याम ब. गुरुङले ब्यानर बनाउनकाे लागि अार्थिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कला समुह ओमानकाे देउसिभैलि गित र नृत्यले सबैलाई नेपाल आफनै गाउँघर पाखापधेरिमा रमाउदै गरेको जस्तै महसुस गराएको थियो । आयाेजक सस्था नेपाली समाज र महिला समुहको संयुक्त भैलि खेल्ने कार्यक्रमले झन् उपस्थित सबैलाई मनमाेहक बनायो । नेपाली समाजकि काेषाध्यक्ष पार्बती श्रेष्ठ र समाजकि महिला सदस्य सारदा तिवारीले अभिनय गर्नुभएको भाईटिका नाटक दिदी घरदेशमा र भाइ परदेशमा भाईटिकाकाे टेलिफोनमा दिदीभाईका कुराकानीले भने सबैलाई भाबुक बनायो सबैका आखा रसाएका थिए ।
अन्य स्थानीय कलाकार गोमा थापा,किरण थापा,चन्द्र कला राई, सारदा तिवारी, सुरेश खड्का,अनिता गुरुङ्ग,सुरज थापा, मनु सुनार,खेम खड्काथोकी,शोभा राम पुन,तुक ब. रामदाम,मान ब. बिक ,आकाश विक,लक्ष्मी विकको प्रस्तुति रहेको थियो । ओमान रहेका नेपालीहरु देउसिभैलि खेलेर एक अर्कोमा शुभकामना साटासाट गरि रमझम साथ २०७६ सालकाे तिहार मनाएका हुन ।
अन्त्यमा कार्यक्रममा सहयोग गर्ने सहयोगि दाता उपस्थित सबै संघसंगठनका प्रतिनिधिहरु ,स्थानीय कलाकारहरु र सबै नेपालीहरुमा तिहार लगायत सबै चाडपर्वहरुकाे अध्यक्ष रोकाले शुभकामना व्यक्त गरे । उपस्थिति सबैमा धन्यवाद दिदै नेपाली समाजका अध्यक्ष कार्यक्रमका सभापति दिल ब. राेकाले कार्यक्रमको विसर्जन गर्नु भयो ।