कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले एक मात्र उम्मेद्वारको नाम केन्द्रमा प्रस्ताव राखेको छ ।
शुक्रबार बसेको नेकपा कास्कीको बैठकले रिक्त रहेको पदपूर्ती (प्रतिनिधि सभा सदस्य) का लागि विद्या भट्टराईको नाम सर्बसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट सर्वसम्मत एक मात्र उम्मेद्वार भट्टराईलाई सिफारिस गरेको बताए ।
दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा जीत निश्चित गर्ने लक्ष्य सहित अधिकारीको धर्मपत्नी भट्टराईको नाम सिफारिस गरेको थापाले उल्लेख गरे । जनअपेक्षा अनुसार नै नाम सिफारीस गरेको अध्यक्ष थापाले सुनाए ।
अधिकारीको गत फागुन १५मा हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो । अधिकारी कास्कीबाट २०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए ।