मुस्ताङ, २० कात्तिक – जिल्ला अस्पताल मुस्ताङमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले डेलिभरी बेड, रगत एनालाइजर, डिजिटल अक्सिजन कन्सन्टे«टर मेसिन जस्ता उपकरण थप गरिएको हो ।
मुस्ताङमा बढी चिसो हुने भएकाले बच्चा र वृद्धका लागि वार्मर मेसिन पनि ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, स्वास्थ्य सेवा विभागबाट दुईवटा आधुनिक डेलिभरी बेड, पाँच लाख बराबरको रेडिमेड वार्मर र एक लाख ८० हजार मूल्य बराबरको आधुनिक किसिमको रगत एनालाइजर मेसिन पनि ल्याईएको छ ।
‘एनालाइजर मेसिनले खासगरी रगतमा हुने समस्याको पहिचान सहज हुन्छ’, उनले भने, ‘विभिन्न देशबाट घुम्न आउने पर्यटकलाई लक्षित गरेर डिजिटल अक्सिन मेसिन जडान गरेका छौँ ।’
त्यस्तै, अस्पतालमा बिरामीको सहज पहुँच र अस्पताल व्यवस्थापनका लागि सोधपुछ कक्ष, औषधि वितरण कक्ष र नागरिक वडा–पत्रको उचित व्यवस्थापन गरिएको छ । दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल पाँचजना डाक्टर कार्यरत छन् ।
अस्पतालबाट दैनिक करिब ४० जना बिरामीले सेवा लिने गरेका छन् । मेसिन थप गरिएसँगै बिरामीको चाप पनि बढ्दै जाने जिल्ला अस्पतालले अपेक्षा गरेको जनाएको छ ।
Previous Article२० कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article देउसीको रकमले आमा शिक्षा कार्यक्रम