म्याग्दीको सदरमुकाम बेनीमा जिल्लास्तरीय वडागत पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्लास्तरीय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबारदेखि सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सुरु गरिएको हो ।
प्रतियोगिताको प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गर्दै प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर, खेलकुदको विकाससँगै सभ्य र मर्यादित समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले मोनामार्फत जिल्लाको आर्थिक, सामाजिक, स्वास्थ्य र खेल क्षेत्रमा पु¥याएको योगदान जिल्लाको लागि नमुनायोग्य भएको बताउँदै सामाजिक गतिविधिलाई जोड दिन आग्रह गरेका छन् ।
कार्यक्रममा मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाले खेल क्षेत्रको विकाससँगै युवाहरुलाई मोनाको कार्यक्रमबारे जानकारी गराउन तथा उनीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न मद्दत पु¥याउने उद्देश्यसहित पहिलोपटक भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए ।
आउँदो बिहीबासरसम्म चल्ने प्रतियोगितामा पुरुषतर्पm १४ र महिलातर्फ ६ टिम गरी २० टिमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री संयोजक तेजेन्द्र बानियाँले जानकारी दिए । यसैबीच रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गले र बेनी नगरपालिका–६, को बिचमा सम्पन्न उद्घाटन खेलमा कुईनेमङ्गले विजय भएको आयोजकले जनाएको छ ।
यसैगरी पोल ‘ए’ मा रहेको बेनपा–२, ज्यामरुककोटले, मंगला गाउँपालिका–३, बराङ्जालाई र बेनपा–९, घतानले कुईनेमङ्गलेलाई सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेका छन् । त्यस्तै पोल ‘बी’तर्फ रहेको अन्नपूर्ण–६, घारलाई बेनपा–५, पुलाचौरले तथा रघुगंगा गाउँपालिका–२, राखु भगवतीले मंगला–५, अर्मनलाई पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैबीच प्रतियोगिताको फाइनल खेल भने पर्यटकीयस्थल घोडेपानीमा हुने खेलकुद संयोजक योगकुमार फगामीको भनाइ छ ।