म्याग्दीमा हालसम्म चार जनामा डेंगु रोगको संक्रमण भेटिएको छ । पछिल्लोपटक सदरमुकाम बेनीबजारमा थप १ जनामा डेंगु सक्रमण भएको फेला परेको हो । बेनी नगरपालिका–८, का एक युवामा ल्याब परीक्षणको रिपोटमा डेंगु संक्रमण देखिएको बेनी अस्पतालले जनाएको छ ।
टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरु देखिएपछि ल्याब परीक्षण गर्ने क्रममा डेंगुको संक्रमण पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए । राजमार्गसँग जोडिएकाले यसअघि पनि बेनीको कालीपुल आसपासका क्षेत्रबाट बिरामी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । यो सँगै म्याग्दीमा डेंगु संक्रमितको संख्या ४ पुगेको अस्पतालले जानकारी दिएको छ ।
मौसममा आएको परिवतनसँगै अस्पतालमा अत्यधिक सङ्ख्यामा भाइरल ज्वरोका बिरामीहरु भर्ना भएको अवस्थामा नियमित औषधी सेवन, चेकजाँचको क्रममा शङ्कास्पदलाई मात्रै परीक्षण गर्ने गरिएको छ । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको लामखुट्टेले यो रोग सार्दछ ।
केही बिरामीले अस्पतालबाट रिफर लिएर पोखरामा समेत पुगेर उपचार गराइरहेका छन् । आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने, भाइरल फिवर अन्तरगत रुघाखोकी, ज्वरोका बिरामीमा डेंगु संक्रमणको जोखिम हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
Previous Articleखेतबारीमा फैलिएको गाँजा नष्ट
Next Article बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमको समीक्षा