उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा गाँजा फडानी गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय र वडा कार्यालयको सहकार्यमा प्राकृतिक रुपमा फैलिएको गाँजाका बोटहरू नष्ट गरिएको हो ।
दुव्र्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानमा जिल्लाभर रहेका गाँजाको बोटहरु नष्ट गर्ने अभियान अन्तरगत दानामा व्यक्तिगत तथा सार्वजनिक स्थानमा उम्रिएको गाँजा फडानीमा स्थानीय संघसंस्थाका प्रतिनिधिका साथै जनप्रतिनिधिले समेत प्रहरीलाई जानकारी गराएका थिए । छिमेकी जिल्ला मुस्ताङबाट आवतजावत गर्नेहरुले प्रयोग गर्न सक्ने भएकाले पनि करिब ६ सय बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
गाउँपालिकासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा गाँजा नष्ट गर्ने अभियानले तीव्रता पाएको प्रहरी निरीक्षक धुर्व शर्माले जानकारी दिए । खेतबारीमा आफै उम्रिएर गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन्भने प्राकृतिक रुपमा फैलिएको गाँजा सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।
Previous Articleरुप्से दैनिक ! ०२ असोज २०७६
Next Article म्याग्दीमा चार जनामा डेंगु संक्रमण भेटियो