सामाजिक तथा मानवीय सेवामा समर्पित लायन्स क्लब अफ ३२५ ‘बी’ १ अन्तरगत म्याग्दी र पर्वत बेनीमा स्थापना भएका लायन्स क्लबहरुको गएको शनिबार एक समारोहबीच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लबका डिष्ट्रिक ३२५ बी’ १ अन्तर्राष्ट्रिय एरिया लिडर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विश्वकै ठूलो सामाजिक तथा मानवीय सञ्जाल लायन्समार्फत म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएकाको उपचारसहित विभिन्न क्षेत्रमा कराडौं सहयोग प्राप्त भएको वक्ताले बताएका थिए ।
पदस्थापनाको अवसरमा लायन्स क्लब बेनी महारानीबाट प्रमिला श्रेष्ठ, बेनी पिस सिटीबाट लोकेश पुनमगर, बेनी मल्लाजका अध्यक्ष श्रीलाल चापागाई, म्याग्दी दरबाङका अध्यक्ष सन्तोष सुवेदी, बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठ, म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठ र लायन्स क्लब बेनी म्याग्दीका अध्यक्ष ईश्वर श्रेष्ठले क्लबको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा म्याग्दीमा शैक्षिक तथा महिलाको क्षेत्रमा निरन्तर सक्रिय बेनी सामुदायिक माविका पूर्वप्रधानाध्यापक तीर्थकुमारी श्रेष्ठ र ईन्डोनेसियामा बन्धक बनाइएको अवस्थामा आफू र नेपालीलाई उद्धारका लागि जोखिम मोलेकी बेनी नगरपालिका–९, तोरीपानीकी मुना खत्रीलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । पदस्थापना कार्यक्रममा डिष्ट्रिक गर्भनर ईन्दु लम्साल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, लायन्सका पिएमसिसी राजन लम्साललगायत विभिन्न पदमा आबद्ध लायनहरु, सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पदस्थापना कार्यक्रमको अध्यक्षता लायन्स क्लब बेनी म्याग्दीका किशोर श्रेष्ठ, स्वागत जोन चियरपर्सन लोकेश पुनमगर र सञ्चालन लायन्स क्लब बेनी पिस सिटीका विरेन्द्र श्रेष्ठले गरेका थिए । सोही अवसरमा लायन्स क्लब बेनी म्याग्दीले बेनपा–६ मा अवस्थित बागेश्वरी आधारभूत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरेका थिए । लायन्स क्लब अन्नपूर्ण र मंगलाको पदाधिकारीलाई पिन वितरण तथा पदस्थापना गरिएको थियो ।
म्याग्दीका लायन्स क्लबको पहलमा बेनपा–९, तोरिपानी र मालिका गाउँपालिका–७, विममा प्राविधिक विद्यालयलाई प्रति विद्यालय २ करोडभन्दा बढी आर्थिक सहयोगमा भवन निर्माण भैरहेको छ ।
Previous Articleविपी जयन्तीको अवसरमा वृक्षारोपण
Next Article रुप्से दैनिक ! २३ भाद्र २०७६