नेपाली कांग्रेस म्याग्दीले जननायक विपी कोईरालाको १०६औं जन्मजयन्ती अवसर पारेर मङ्गलबार प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको पार्कमा वृक्षारोपण गरेर मनाएको छ ।
कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको बर पिपल रोपेर उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधि गोविन्द कँडेलले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपिने बताए । कार्यक्रममा म्याग्दी कांग्रेसका सभापति खमबहादुर गर्बुजाले दोस्रो चरणको अभियानले जिल्लामा पार्टीलाई थप बलियो बनाउने बताए ।
उनले पहिलो चरणको जागरण अभियानका राम्रा पक्षलाई निरन्तरता दिँदै कमी, कमजोरीलाई सच्याउने र वडा तथा स्थानीय तहमा कांग्रेस बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति गर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति तथा क्षत्रीय सभापति माधवप्रसाद रेग्मीले स्वागत र सचिव मिनबहादुर कार्कीको सञ्चालन गरेका थिए ।
कार्यक्रममा क्षेत्र ‘ख’ का केन्द्रीय प्रतिनिधि निरज पुन, म्याग्दीका सहसभापति नेत्रबहादुर महत नेपाल महिला संघ म्याग्दीका अध्यक्ष बिमला गौचन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सहसचिव भरत रकाल लगायतको उपस्थिति रहेको थियो ।
Previous Articleविश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो
Next Article बेनीका लायन्स क्लबहरुको संयुक्त पदस्थापना