बागलुङ, १९ कात्तिक – जिल्लाको खु्ङ्खानीमा गत ११ दिनदेखि बेपत्ता भएका श्रीमान र श्रीमती दुवैको शव फेला परेको छ । कात्तिक ८ गतेदेखि बेपत्ता भएका खुङ्खानी–६ का ७५ बर्षिय भानसिंह कामी र उनका श्रीमती ७६ बर्षिया देवी कामीको शब भेटिएको स्थानियवासी जसिन्द्र गोतामलेले जानकारी दिए ।
दुवैको शव स्थानिय भिरबाट करिब एक सय मिटर तल खसेको अवस्थामा फेला परिएको हो । घरमा बुढाबुढि मात्रै बस्दै आएका उनिहरुलाई कात्तिक ११ गते छोरीले भेट्न जाने क्रममा घरमा नभएपछि स्थानियले खोजी सुरु गरेका थिए । स्थानियवासीले खाजि गर्ने क्रममा नभेटिएका उनिहरुलाई बिहिबार घाँस काट्नेले देखेपछि स्थानियवासी र प्रहरीलाई खवर गरेका थिए ।
मृतक भानसिंहको मानसिक सन्तुलन ठिक नभएकाले वेसुरमा हिड्ने गरेका थिए । श्रीमान्लाई बचाउन जाँदा दुवै जना भिरबाट लडेको हुन सक्ने स्थानियले अनुमान गरेका छन् ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक शिवराज क्षेत्रीले घटना स्थल बोङगादोभान प्रहरी चौकीबाट ३ घण्टा टाढा भएको र त्यहाँ पुगेको प्रहरी टोलीसँग फोन सम्पर्क नुहँदा घटनाको विस्तृत जानकारी नआएपनि कामी दम्पत्तिको शाव भेटिएको पुष्टि गरेका छन् ।
उनिहरुको शव सडेर दुगन्धित अवस्थामा रहेको गोतामेले बताए । कामी दम्पती मात्र वडा नम्बर–६ मा रहेको घरमा बस्दै आएका थिए ।
छोरा चन्द्रबहादुर विक परिवार सहित खुङ्खनीकै वडा नम्बर–५ मा बस्छन् । घटना स्थल पुगेको प्रहरी फर्किएपछि थप अनुसन्धानको प्रक्रिया अघि बढ्ने प्रहरीले निरिक्षक क्षेत्रीले बताए ।
Previous Article१९ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article देउसी भैलो खेलेर मोटरबाटो मर्मत