हरिकृष्ण गौतम
म्याग्दी, १९ कात्तिक – गाउँसम्म सडक पुर्याउन कुहुँ–१ खानीगाउँका स्थानीयले आफ्नो गास कटाएर ८ लाख जुटाए । ब्यक्तिगत तथा सामाजिक कार्यमार्फत गाउँमा सडक सञ्जाल पु¥याएका खानीगाउँबासीले मर्मतमा समेत देउसीभैलो कार्यक्रम गरेर आर्थिक सङ्कलन गरेका छन् ।
तिहारमो अवसरमा गाउँलेले तीनदिनसम्म खानीगाउँ, रातोमाटा, पुर्णगाउँ लगाएत आसपासका क्षेत्रमा गाउँको समस्यालाई केन्द्रित गरेर खेलेको देउसीभैलोमा १ लाख १९ हजार आर्थिक संकलन भएको स्थानीय याम बुढाथोकी मगरले बेनीअनलाइनलाई बताए । ‘छिमेकी गाउँमा सडक सञ्जाल जोडिएको धेरैबर्षपछि हामीले चन्दा सङ्कलन गरेर मोटरबाटो ल्याउन सफल भयौं ।अहिले मर्मतमा देउसीभैलोबाट सहयोग जुटायौं’ उनले भने । सडक विस्तारमा गाविसबाट ५० लाख प्राप्त भएको समेत उनले बताए ।
देउसीभैलो अभियानमा खानीगाउँमा रहेका सुन्तला, सिचाई सहित कृषि पशुपालन लगाएतका सम्भावनलाई समेत समेटेर गीत समेत प्रस्तुत गरिएको थियो । ‘आर्थिक अवस्था कमजोर भएका गाउँलेले विकासका लागि मन खुलेर सहयोग गर्नुभएको छ । हामी अझै सरकारी निकायको सहयोगको प्रतिक्षामा छौं’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धि सापकोटाले भने ।
सडक विस्तारसंगै आवतजावतमा सहज, कृषि उपजको बजारीकरणका साथै गाउँको विकासमा प्रत्यक्ष सहयोग पुगेको बताए । छिमेकी बावियाचौर गाविसको सिमलचौर, कुकुरविसौना कुहुँ हुदै करिव २५ किलोमिटरको सडक सञ्जालमार्फत गाउँमा पुग्न सकिन्छ । खानीगाउँमा २५ घरधुरी रहेका छन् । पछिल्लो समय सुन्तला र बाख्रापालनमा आर्क्षित भएका गाउँलेले सडक मर्मतका लागि कोषको समेत स्थापनाको तयारी गरेका छन् ।
देउसी भैलो खेलेर बाढी पीडितलाई कोष
उत्तरी म्याग्दीको बेग गाविसबाट पोखरामा बसोबास गर्ने बेगखोलाबासीहरूले खेलेको देउसीभैलोबाट ८ लाख १० हजार सङ्कलन भएको छ । बेगबासीहरूको साझा संस्था बेगखोला कल्याणकारी समाज कास्की पोखराले स्थापना गरेका अक्षय कोषलाई आर्थिक जुटाउन खेलिएको भैलोमा उत्साजनक सहभागिता रहेका कल्याणकारी समाजको शाखा यूकेका उपाध्यक्ष अर्जुन तिलिजाले बताए । ‘मौलिक कला र संस्कृतिको जर्गेनामा समेत भैलो कार्यक्रमले सघाएको छ ।
गाविसबासीको सम्पत्तीका रुपमा कोषको स्थापना गरेका छौ’ तिलिजाले भने । उनका अनुसार अहिलेसम्म प्राकृतिक विपत्ती, आर्थिक अभावमा उपचारबाट बन्चित, दुर्घटना लगाएत विभिन्न समस्यालाई समाधान गर्न ब्यक्तिगत तथा सामुहिक सहयोग जुटाउने गरिएकोमा आगामी दिनमा कोषमार्फत सहयोग गरिने छ । बालबालिका देखी बृद्धबृद्धाहरू समेत आफ्नो जातीय पहिरन, पुराना तथा लोपउन्मुख म्याग्दीका कला र संस्कृति सहित देउसीभैलो खेलेका थिए ।
देउसीभैलो खेल्दै गएका बेगबासीलाई पोख्रेलीले समेत साथ दिएका थिए । ‘अभियानको सुरुवात मात्रै हो, हामीले विश्वभर रहेका बेगखोलाबासीहरूको सहयोगमा केहीसमयभित्र ५० लाख पु¥याउनेछौ’ बेगखोला कल्याणकारी समाज कास्की पोखराका अध्यक्ष ओम प्रसाद पुनले भने । उनका अनुसार गाविसका हरेक समस्यामा सबै एकजुट हुने सन्देश प्रवाह गर्न सफल भएकाले केही महिनामै लक्ष्य अनुसारको रकम जुटाउने बताए ।
उनले देउसीभैलोमा आर्थिक, भौतिक, नैतिक सहयोगका साथै प्रत्यक्ष सहभागिता जनाएर सहयोग गर्ने सबैलाई भन्यवाद दिदैं आगामी दिनमा समेत रचनात्मक सहयोगको अपेक्षा गरेको बताए । गत भदौंको दोस्रो हप्ता बाढीपहिरोले विस्थापितको राहत र पुर्नस्थापनामा जुटिरहेको बेगखोलाबासीले गाविसमा सडक, शिक्षा, स्वास्थ्य लगाएत आवश्यक क्षेत्रमा हरेकबर्ष लाखौं भित्राउने गरेका छन् । बेगखोला कल्याणकारी समाजको शाखा यूके, हङकङ लगाएतका देशहरूमा रहेका छन् ।
Previous Articleबेपत्ता दम्पत्तिको शव फेला
Next Article गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन्-मुखर्जी