म्याग्दीको बेनी नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा वार्षिक समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्षमा सञ्चालित विकास निर्माण एवं कार्यालयको सेवा प्रवाहबारे जानकारी गराउनुका साथै विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमको अवसरमा वडा कार्यालयले मानवीय, सामाजिक, सहकारी, पत्रकारिता, गायन, शिक्षा, खेलकुद, सञ्चार, प्राविधिक र स्वास्थ्य क्षेत्र गरी विभिन्न २१ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा थाकनपोखरी शिव मन्दिर निर्माण उपभोक्ता समिति, छाप भौतिक पूर्वाधार विकास समिति, जामुनाखर्क भौतिक पूर्वाधार विकास समिति, सहकारीतर्फ डम्बरा बचत तथा ऋण सहकारी, जामुनाखर्क कृषि सहकारी र विश्वामित्र बचत तथा ऋण सहकारी रहेका छन् ।
यसैगरी कला तथा गायनतर्फ लोकगायक अमित विश्वकर्मा, भूपेन बानियाँ, सज्जन बोहोरा र नवीन बानियाँ, शिक्षातर्फ जामुनाखर्क माध्यमिक विद्यालय अर्थुङ्गे र शिक्षक अमरबहादुर बानियाँ तथा खेलकुदतर्फ अर्थुङ्गे युनाईटेड क्लबलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । त्यस्तै सञ्चार एवं परोपकारी पत्रकारितातर्फ कान्तिपुर दैनिकका उप–सम्पादक घनश्याम खड्का, नागरिक दैनिकका संवाददाता हरिकृष्ण गौतम र नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्कका संवाददाता प्रताप बानियाँ, सामाजिक क्षेत्रतर्फ मुक्तिप्रसाद ढुङ्गाना एवं प्राविधिकतर्फ बेनी नगरपालिकाका इन्जिनियर बिमलरन्जन कार्कीलाई पनि सम्मान गरिएको छ ।
त्यस्तैगरी गरिब एवं विपन्न परिवारमा विभिन्न रोगबाट पीडितहरुको स्वास्थ्य उपचारमा क्रियाशिल संस्था ओमकुमारी शान्ति कोष, विपद् व्यवस्थापनतर्फ श्रीबक्स गुल्म अर्थुङ्गे व्यारेक र साक्षरतातर्फ सामुदायिक अध्ययन केन्द्र सम्मानित भएका छन् । उनीहरुलाई बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली, बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र आयोजक वडाका अध्यक्ष कृष्णबहादुर बानियाँले अबिर र खादा लगाई सम्मानपत्रले सम्मान गरेका थिए ।
वडा अध्यक्ष बानियाँको अध्यक्षता, सदस्य दयासागर शर्माको स्वागत र सचिव तेजकुमारी थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता बराईली, वडाध्यक्ष श्रेष्ठ, कार्यपालिका सदस्य विश्वकर्मा र जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले मन्तव्य राखेका थिए ।
Previous Articleतीजलाई भड्किलो नबनाउन अपिल
Next Article जगन्नाथ मन्दिरमा रथयात्राको तयारी सुरु