जिल्ला प्रशासन कार्यालय म्याग्दीले हरितालिका तीज पर्वलाई भड्किलो नबनाउन अपिल गरेको छ । पछिल्लो समय दरखाने र तीज मनाउने पर्व आउनुभन्दा अगाडि नै तडकभडक, गरगहनामा सजिएर पार्टी प्यालेस धाउने र होटलमा हुने गतिविधिले मौलिकतामाथि नै प्रश्न उठेको भन्दै संयमता अपनाउन सुझाव दिएको हो ।
परम्परागत मुल्य मान्यतालाई आत्मसाथ गर्र्दै दरखाने, ब्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगानसहित मनोरञ्जन गरी मनाइने तीज पर्वको मौलिकता जगेर्ना गर्नेगरी मनाउन अपिल गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिएका छन् ।
तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी सचेत बनाइएको जिल्ला प्रशासनका सूचना अधिकारी समेत रहेका सहायक प्रजिअ सुवेदीको भनाइ छ । जिल्लाका सबै स्थानीय तहलाई समेत तीजलाई पर्वको रुपमा मनाउने वातावरण बनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Previous Articleस्थानीयताको उपयोग गरेर विश्वव्यापी बनाउनुपर्छ : केसी
Next Article बेनपा–६ पत्रकार तथा अन्यलाइ सम्मान