बागलुङ, १९ कात्तिक – एक युवाको कुटपीटबाट मृत्यु भएको छ ।
बागलुङ जिल्लाको मल्ल गाविस–९ बस्ने ३३ वर्षिय खिमबहादुर विकको सोही ठाउँमा बस्ने २३ वर्षिय दिपक विकको केटाईबाट गत सोमबार खिमबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दिपकको कुटाईबाट गंभीर घाइते भएका खिमबहादुरको घरमै मृत्यु भएको हो ।
कुटपीटमा संलग्न दिपक विकलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अनिल कुमार खड्काले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रवक्ता खड्काका अनुसार, पक्राउ गरिएकालाई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।
Previous Articleस्टीमरले सेतीवेणी बजार सस्तियो
Next Article २०७३ कात्तिक १९ गते शुक्रबारको राशिफल