मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर एवं म्याग्दी, मुस्ताङ मल्टीप्रपोज टेक्नीकल कलेजको अध्यक्षमा म्याग्दीका सन्तोष रावल चयन भएका छन् । बागलुङमा सम्पन्न पाँचौं साधारणसभाबाट सञ्चालक समितिको सदस्यमा चण्डीप्रसाद शर्मा, चिरञ्जीवि गौतम, चन्द्रकुमार केसी, शिशिर पन्त, भुमिश्वर गौतम र प्रमानन्द कँडेल रहेका छन् । अधिवेशनबाट सल्लाहकारमा मणिभद्र शर्मा कँडेल र नवराज शर्मा रहेका छन् ।
बागलुङमा सञ्चालित हस्पिटलको सेवालाई थप प्रभावकारी बनाउँदै साविकको धौलागिरी अञ्चलभित्रकै नमुना बनाउने अध्यक्ष रावलले बताए । उनले हस्पिटललाई २० सिट बेड क्षमता बनाउने बताउँदै हस्पिटलले स्वास्थ्य शिविरसहित टेक्नीकल कलेजमार्फत स्वरोजगारमूलक शिक्षालाई समेत अगाडि बढाउने जनाइएको छ ।
Previous Articleमाउण्टले ग¥यो पूर्व विद्यार्थीलाई सम्मान
Next Article अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै