म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा मङ्गलबार पूर्व विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयबाट विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत उनीहरुलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा एड्भन्चरस विविधजंग थापा, बैंकर पूर्व विद्यार्थी खिमबहादुर थापा, लोकगायिका मिलन विश्वकर्मा, भलिबल खेलाडी जमानसिंह परियार, विकास बानियाँ, कबड्डी खेलाडी अभिनाश श्रेष्ठ, अमृत सेन्चुरी, सुदिक्षा बुढा, कराँते खेलाडी रिट्रिना बानियाँ, रोहन विक र एथलेष्टिक्सतर्फ श्रीया रोकालाई कदरपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको अवसरमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा भेटघाट कार्यक्रम समेत गरिएको छ । विद्यालयबाट माध्यामिक तहको शिक्षा लिएर वित्तीय, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, व्यवसायिक, साहित्यिक र खेल क्षेत्रमा योगदान पु¥याएका विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालयका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले योग्य विद्यार्थी नै विद्यालयको सम्पत्ति भएको बताएका छन् ।
कक्षा १२ ले नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमको अवसरमा प्रतिस्पर्धात्मक बजारमा अब्बल जनशक्ति उत्पादन गर्ने विद्यालयले प्रोत्साहनसहित स्वागत कार्यक्रम श्रेष्ठले जानकारी दिए । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए । सम्मान तथा स्वागत कार्यक्रममा विद्यालयका प्रिन्सिपल आर के चौधरी, सञ्चालक सुरत केसी, रमेश गिरी, प्लस टु शिक्षक लगायतको उपस्थिति रहेको थियो । विद्यालयको कक्षा ११ र १२ मा व्यवस्थापनसँगै शिक्षा संकाय अन्तरगत ट्राभल्स एण्ड टुरिजम र पत्रकारिता विषय समेत रहेको छ ।
Previous Articleजिससले दियो पालिकालाई बजेट
Next Article मुक्तिनाथ हस्पिटलको अध्यक्षमा रावल