जिल्ला समन्वय समिति म्याग्दीले जिल्लाका ६ ओटा स्थानीय तहलाई तीन करोड ८० लाख रुपैयाँ बजेट वितरण गरेको छ । आइतबार सम्पन्न चौथो जिल्ला सभाले जिससको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र गाउँपालिकालाई ६०÷६० लाख रुपैयाँका दरले बजेट बाँडफाँड गर्ने निर्णय गरिएको हो ।
तत्कालीन जिल्ला विकास समितिको १५ वटा खातामा रहेको रकमलाई जम्मा गरिएको जिससको कोषमा सात करोड ५५ लाख ८३ हजार पाँचसय ९३ रुपैयाँ रकम थियो । सो कोषको रकममा कर्मचारीहरुको कल्याणकारी कोषको ४४ लाख ५५ हजार २४ रुपैयाँ छुट्याएर बाँकी रहेको रकमलाई जिससले स्थानीय तहहरुमा पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको जिससले जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका र कायविधि अनुसार जिल्ला समन्वय समितिको कोषबाट विनियोजन भएको बजेटमा स्थानीय तहहरुले ४० प्रतिशत रकम थप गरी पूर्वाधार निर्माण गर्नुपर्नेछ ।
Previous Articleभारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन
Next Article माउण्टले ग¥यो पूर्व विद्यार्थीलाई सम्मान