सिविन नेपाल म्याग्दीले जिल्लाको बेनी नगरपालिका क्षेत्रमा बालविवाह न्युनीकरण गर्नका लागि अभियान सञ्चालन गरेको छ । विगत ३ वर्षदेखि म्याग्दीमा क्रियाशिल यस संस्थाले हाल समाजमा हुँदै आइरहेको बालविवाह न्युनीकरणसम्बन्धी विभिन्न कार्यक्रमबाट अभियान चलाएको हो ।
सिविन नेपाल म्याग्दीले बालिका पैरवी परियोजनामार्फत समुदायस्तरमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसैबीच शुक्रबार सिविन म्याग्दीद्वारा आयोजित जिल्लाका क्रियाशिल पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बालविवाह न्युनीकरण गर्न अभियानहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । सिविनले नगरपालिका, नागरिक समाज, सञ्चारमाध्यम र युवा सञ्जालमार्फत कार्यक्रम गर्दै आइरहेको कार्यक्रम अधिकृत वसन्त ढुङ्गानाले बताए ।
उनका अनुसार पछिल्लो समय नगरपालिका क्षेत्रमा युथ नेटवर्कको सहयोगमा बालविवाह न्युनीकरणसम्बन्धी सचेतना, सार्वजनिक अभियानमार्फत कानुनी सचेतना र अन्तर धार्मिक सञ्जाललाई विभिन्न विषयहरुमा सचेतना गराउने जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ । नेटवर्कको सहयोगमा अहिलेसम्म एउटा बालविवाह रोकेको र दुईवटालाई परामर्श गरिएको जनाइएको छ ।
Previous Articleनेकपा म्याग्दीले बनायो सचिवालय कमिटी
Next Article विद्यार्थीले गरे स्थलगत अवलोकन