नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
दोस्रो जिल्ला कमिटीको वैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सङ्गठित सदस्यहरुको एकीकृत गरी आगामी असोज महिनाभित्र २०७५ सालसम्मको पार्टीको सङ्गठित सदस्यता नवीकरण गर्नका लागि आवश्यक कार्ययोजना समेत बनाएको छ ।
वैठकमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनसँग पार्टीले जिल्लाको विकास निर्माण, चालु वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गरेको जनाएको छ ।
Previous Articleम्याग्दीमा प्राकृतिक प्रकोपको जोखिम बढ्यो
Next Article बालविवाह न्युनीकरणमा जोड