म्याग्दीको बेनी नगरपालिका–५, डडुवामा रहेको ज्योती युवा क्लबको आयोजनामा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएकोे छ ।
स्थानीय ज्योती आधारभूत विद्यालयको हाताभित्र रहेको खाली जग्गाजमिन, र क्लबको खेलमैदानको परिसरमा २ यसवटा बिरुवा रोपिएको हो । स्थानीयस्तरमा पाइने र हावापानी सुहाउँदो खालको लेकाली चाँप, अमला, लप्सी, तेजपत्ता, सल्लो चिउरी, हर्रोबर्रोलगायत अन्य फुलहरुको विरुवा लगाइएको क्लबका सहसचिव उदय सुन्दासले बताएका छन् ।
उक्त कार्यक्रममा बेनपा–५, का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोकबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक मिनबहादुर खत्री, क्लब अध्यक्ष दिनेश कार्कीलगायत क्लबका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Previous Articleनवआगन्तुक प्रजिअलाई उवासंघको स्वागत
Next Article तेस्रो कालीपुल युनाइटेड कप असोजमा