तेस्रो कालीपुल युनाइटेड कप आउँदो असोज ७ गतेबाट हुने भएको छ । जिल्लाको खेलकुदको क्षेत्रमा क्रियाशिल क्लबले असोज ७ देखि ११ गतेसम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
जिल्लामा ठूलो धन राशीको प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष विकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार एकलाख ३५ हजार पाँचसय ५५, द्वितीय ७५ हजार पाँचसय ५५, सेमीफाइनलबाट बाहिरिने टिमलाई १५/१५ हजार रुपैयाँ भत्ता दिइनेछ ।
यसैगरी प्रतियोगिताबाट उत्कृष्ट स्टाइगरलाई पाँचहजार पाँचसय ५५, सर्वाधिक गोलकर्तालाई पाँचहजार पाँचसय ५५, वेष्ट डिफेन्डरलाई पाँचहजार पाँचसय ५५ र उत्कृष्ट गोलरक्षकलाई पाँचहजार पाँचसय ५५ रुपैयाँ पुरस्कार रहेको अध्यक्ष पुनले बताए ।
पत्रकार सम्मेलनमा खेलाडी, आमा समूह, जनप्रतिनिधि टोल सुधार समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कालीपुल युवा क्लब खेलकुदसँगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको छ । सदरमुकाम बेनीमा भएका युवा क्लबहरुले प्रत्येक वर्ष फरकफरक क्लबको आयोजनामा खेदकुद प्रतियोगिता हुँदै आएको र यसवर्ष कालीपुल युवा क्लबको पालो रहेको अध्यक्ष पुनको भनाइ छ ।
Previous Articleक्लबको आयोजनामा वृक्षारोपण
Next Article म्याग्दीमा प्राकृतिक प्रकोपको जोखिम बढ्यो